Section 92
अनुचित श्रम अभ्यास गरेको मानिने
(१) रोजगारदाता तथा ट्रेड युनियनले उपदफा (२) वा (३)
बमोजिमकोअनुचित श्रम अभ्यास गर्न वा गराउन हुँदैन ।
(२) रोजगारदातालेदेहायको कुनै कार्य गरेमा अनुचित श्रम अभ्यास गरेको मानिनेछ ः–
(क) श्रम सम्बन्धी कानून पालना नगर्ने वा नगराउने कार्य गरेमा,
(ख) श्रम सम्बन्धी कानूनद्वारा प्रदत्त अधिकारको प्रयोग गर्नमा बन्देज
लगाएमा,
(ग) कुनै श्रमिकलाई कारबाही गर्ने उद्देश्यले जानाजानी झुटो प्रमाण सिर्जना
गरेमा,
(घ) श्रमिकलाई जानाजानी दुःख वा हैरानी दिने उद्देश्यले मात्र कुनै कार्य
गरेमा,
(ङ) ट्रेड युनियनको गठन, सञ्चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप
गरे वा गराएमा,
(च) अवैध घोषित गरेको तालाबन्दी जारी राखेमा,
(छ) श्रमिकलाई कुटपिट वा हातपात गरे गराएमा,
(ज) श्रमिकहरुबीच बैमनश्यता वा मनमुटाव ल्याउने उद्देश्यले श्रमिकलाई
भड्काएमा वा उत्तेजित गराएमा ।
(३) ट्रेड युनियनलेदेहायकोकुनै कार्य गरेमा अनुचित श्रम अभ्यास गरेको मानिनेछ ः–
(क) श्रमिकलाई कुनै युनियनको सदस्य बन्न वा नबन्न दवाव वा धम्की दिने,
(ख) जबर्जस्ती चन्दा वा सहयोग उठाउने,
(ग) कार्यस्थलमा बाहेक रोजगारदाताको निजी निवास वा रोजगारदाताको
अर्को प्रतिष्ठानमा धर्ना दिने वा घेराउ गर्ने, गराउने,
(घ) आफ्नो माग पूरा गराउनको लागि रोजगारदाता, निजको प्रतिनिधि वा
श्रमिकलाई कुटपिट गर्ने वा अन्य कुनै गैरकानूनी क्रियाकलाप गर्ने,
गराउने,
(ङ) जानाजानी रोजगारदाताको सम्पत्ति हानी नोक्सानी हुने कुनै कार्य गर्ने